मुस्कानको अवस्था सुधारोन्मुख

तस्बिरः बिएल

गत शुक्रबार एसिड आक्रमणमा परी घाईते भएकि वीरगञ्ज छपकैया ३ कि १५ वर्षीय मुस्कान खातुनको स्वास्थ्य अवस्था अहिले समान्य भए पनि अझै केही महिना अस्पतालमा बस्नुपर्ने परिवारजनले बताएका छन् ।

एसिड प्रहार भएपछि उनको शरीरको दायाँ हात र छातिको छाला गलेको र दायाँ भागको अनुहार पनि कालो भएकाले उनको घाउ निको हुन अझै महिना दिन लाग्नसक्ने भएकाले अहिले घाउँ निको नहुन्जेल अस्पतामै बस्नुपर्ने उनका उपचारमा संलग्न काठमाडौंको किर्तिपुरस्थित बर्न हस्पिटलका चिकित्सक सुरेन्द्र जंग बस्नेतले परिवारजनलाई जानकारी गराएका छन्।

छोरीको उपचारमा अहिले दिनरात खटेका बुवा रसुल अन्सारीको पनि स्वास्थ्य अवस्था खराब भएको छ। गत शुक्रबार बिहान ६ बजे विद्यालय जादै गर्दा बाटो कुरेर बसिरहेका संसाद आलम र माजिद आलमले बालिकाको अनुहारमा एसिड प्रहार गरेका थिए।

स्थानीयले तत्कालै बालिकालाई नारायणी अञ्चल अस्पतालमा उपचारका लागि लगेका थिए। त्यहाँ उपचार सम्भव नभएपछि सोही दिन थप उपचारका लागि राजधानीको कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो।

एसिड पीडित किशोरी मुस्कानको अवस्था समान्य भएपछि गत आईतबार बिहान ९ बजे कीर्तिपुर बर्न अस्पतालमा हात र छातिको सल्यक्रिया गरिएको थियो।

एसिडको प्रभावले गर्दा उनको दायाँ हात र छातिको छाला गलेको हुँदा शल्यक्रियामार्फत उनको खुट्टाको फिलाबाट छाला निकालेर गलेको स्थानमा लगाइएको थियो। बुधबार उनको अनुहारको ड्रेसिङ गरिएको छ भने बिहिबार खुट्टाको ड्रेसिङ हटाईएको उनका बुवा रसुल अन्सारीले बताए।

शुक्रबार उनको हात र घाँटीमा छाला टास्न लगाईएको पिन निकाल्ने काम हुने चिकित्सक बस्नेतले उनका बुवालाई जानकारी दिएका छन्। मुस्कानको कान भित्र एसिड छिरेर कालो भएकाले उपचारमा संलग्न डा. का अनुसान कानको छुट्टै शल्यकृया गर्नुपर्ने भएको छ।

एसिडले जलेको घाउँ पूर्ण रूपमा निको भएपछि मात्र कस्मेटिक सर्जरी गर्न चिकित्सकले सुझाव दिएका छन्। त्यसपछि घाउँको स्थिति अनुसार ६ महिनादेखि वर्ष दिनसम्म कुर्नुपर्ने चिकित्सकले उनका बुबालाई जानकारी दिएका छन्।

यता प्रदेश सरकारले घोषणा गरेको रूपैयाको बिहिबार पत्र आएको भए पनि अहिलेसम्म रूपैयाँको चेक नआएको बुवा रसुलले गुनासो गरे।

अहिले अस्पतालको काउन्टरमा आफूले पैसा जम्मा नगरे पनि बाहिरी खर्च दिनको १५ हजारसम्म हुने गरेको उनले बताए।

प्रकाशित मिति: : 2019-09-13 14:55:34

प्रतिकृया दिनुहोस्