मानवअधिकारका लागि युवा अभियानको राष्ट्रिय सम्मेलन

मानवअधिकारका लागि युवा अभियानको राष्ट्रिय सम्मेलनका सहभागीहरू । तस्बिर सौजन्य : बैकुण्ठ थापा

मानवअधिकारका लागि युवा अभियानको दोश्रो सम्मेलन राजधानीमा सम्पन्न भएको छ ।

युवाहरुलाई मानवअधिकारका बारेमा थप जागरुक गराउने उद्धेश्यले आयोजित सम्मेलनको उद्घाटन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेका थिए ।

उद्घाटन मन्तव्य राख्ने क्रममा मन्त्री ज्ञवालीले मानवअधिकारका बारेमा युवाहरु पुर्ण रुपमा जानकार हुन आवश्यक रहेको बताए । हरेक परिवर्तनकारी आन्दोलनमा युवाहरुको मुख्य भुमिका रहेको बताउँदै उनले भने, 'युवाहरूकै योगदानका कारण अहिलेको संबिधानले सबैलाई सम्मानपुर्वक बाच्न पाउंने ब्यवस्था गर्न सकेको हो ।' युवा र मानवअधिकार  अन्तरसम्बन्धीत भएको बताउँदै  मन्त्री ज्ञवालीले आयोजकलाई धन्यवाद पनि दिए ।

 

 हरेक परिवर्तनकारी आन्दोलनका अगुवा युवाहरू मानवअधिकारका बारेमा पूर्ण रुपमा जानकार हुन आवश्यक छ । 
-परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली

सम्मेलनमा मानव अधिकार आयोग आयुक्त सुदिप पाठक, राष्ट्रिष्य युवा परिषदका उपाध्यक्ष माधव ढुंगेललगायतले मानवअधिकार र युवाहरुको भूमिकाको बारेमा प्रकाश पारेका थिए ।

बिभिन्न क्षेत्रका बौद्धिक ब्यक्तित्वहरुले समेत आआफ्नो धारणा राखेको कार्यक्रम संस्थाका अध्यक्ष रिषि गौतमको सभापतित्वमा सम्पन्न भएको थियो । सहभागीहरुले बक्ताहरुसंग प्रत्यक्ष प्रश्न सोध्न मिल्ने र जवाफ दिने गरी तयार पारिएको कार्यक्रममा संस्थाका उपाध्यक्ष बैकुण्ठ थापाले संस्थाले बिगत एक बर्षमा गरेको कार्यक्रमको प्रगति बिवरण पेश गरे ।

मानवअधिकारका लागि युवा अभियानले संसारका बिभिन्न देशमा पुगेर मानवअधिकार सम्बन्धी कार्यक्रममा भाग लिने र नेपालका बिभिन्न जिल्लामा पुगेर यससम्बन्धी जनचेतना फैलाउने कार्य गर्दै आएको छ । सम्मेलनमा मुलुकका सबै ७५ जिल्लाकै युवाहरूको उत्साहजनक सहभागिता थियो ।

 

प्रकाशित मिति: : 2019-09-13 07:18:38

प्रतिकृया दिनुहोस्