वीरगन्जमा आवारा केटाहरूले विद्यालय जाने किशोरीलाई जिस्काउने प्रबृत्ति बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न नवमंजनु सफाया अभियान शुरु गरिएको छ।
विद्यालय जादै गरेकि वीरगन्जस्थित त्रिभुवन हनुमान मावि कक्षा ९ मा अध्ययनरत १५ वर्षिय मुस्कान खातुनमाथि एडिस प्रहार भएपछि सोही घटना फेरि नदोहोरीयोस् भतेर अभियान सुरु गरिएको समाजिक अभियन्ता प्रकाश थारूले बताए ।
एकोहोरो माया प्रेम भएको भन्दै जबरजस्ती वीरगन्जका प्रत्येक कलेज र विद्यालयमा किशोरीलाई जिस्काउने, बिना काम बाटो कुरेर मोटरसाईकल लिएर पिछा गर्ने, जस्ता अनावश्यक गतिबिधि गर्ने आवारा नवमंजनु केटालाई प्रहरीको सहयोगमा नियन्त्रणमा लिई कारबाही गर्न अभियान शुरू गरिएको समाजसेवी तथा प्राध्यापक सुष्मा तिवारीको भनाई छ।
समाजमा बढिरहेको उच्छृङ्खल गतिविधि रोक्न खासगरी शैक्षिक क्षेत्र तर्फ सो अभियानलाई केन्द्रीत गरिएको छ।
बालिकाहरू बाहिर भईरहेको नराम्रो गतिविधिलाई अभिभावक तथा शिक्षकसँग लुकाउने भएकाले नराम्रो घटनाको सिकार हुनु परेको भन्दै बालिकालाई यसप्रति सचेत गराउन महानगर तथा आसपासका प्रत्येक विद्यालयमा प्रहरीको सहयोगमा सचेतना मुलक कार्यक्रम भलाइएको प्राध्यापक तिवारीले बताईन्।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अभियान शुरु भएको सो कार्यक्रमलाई वीरगन्जका सम्पूर्ण विद्यालय, कलेजहरुमा पुर्याईने र प्रत्येक विद्यालय तथा कलेजमा एक जना शिक्षकलाई बिशेष तालिम दिई बालिकाको आउने जाने समयमा विशेष निगरानी गर्ने वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्र बहादुर मल्लले बताए।
‘विद्यालय वा कलेज जादाँ बाटोमा यदि कोही केटाले छात्रालाई निस्काए अथवा नराम्रो गतिविधि गरे भने तुरून्तै विद्यालयमा वा प्रहरीको १०० नं. डायल गरेर जानकारी गराए तत्कालै ती आवारा केटालाई नियन्त्रणमा लिई कारवाही गर्नेछौ,’प्रहरी निरीक्षक मल्लले भने।
वडा प्रहरी कार्यालय श्रीपुरमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार जगदीश शर्मा, शिक्षाविद् डा.दिपक शाक्य, सामाजिक अभियन्ता प्रकाश थारू, लगायतका २० वटा विद्यालय र कलेजका प्रध्यानाध्यापक तथा अभिभावकहरुको सहभागिता थियो।
यो पनि हेर्नुहोस्