युएईका राजदुत ढकाल भन्छन्, नेपाली कामदारका लागि एप्स बन्दै छ (भिडियो अन्तर्वार्ता)

बिएल

युएईमा बीएल (भाग–८)

संयुक्त अरब इमिरेटस् (युएई) मा करिब ४ लाखको हाराहारीमा नेपालीहरू रोजगारीमा कार्यरत छन्। नेपाली मजदुरहरू बीच यहाँ थुप्रै समस्या रहेको छ। उनीहरूको गुनासो छ, आफ्नो समस्यालाई लिएर फोन गर्यो भने दुतावासको फोन नै उठ्दैन्। 

आफ्नै देशका नागरिकहरूको सहजीकरणका लागि खुलेको नेपाली दुतावासको हेलचक्राईले अनावश्यक दुःख पाएका थुप्रै नेपालीहरू भेटिन्छन्, युएईमा। त्यसैले युएईस्थित नेपाली दुतावास निकै बदनाम पनि छ।

मजदुरहरूको वकालत गर्दै ब्रेक एन लिंक्स (बीएल मिडिया) ले हालै युएईमा नेपाली राजदुत कृष्णप्रसाद ढकालसँग अन्तर्वार्ता गरेका थियौं।

अन्तर्वार्ताका क्रममा राजदुत ढकालले भने, ‘पहिले यस्तो गुनासो सुनिने गरिएको थियो। तर, अहिले अवस्था त्यस्तो छैन।’

उनले रोजगारीका लागि घर छोडेर परदेश आएका नेपाली दाजुभाई तथा दिदीबहिनीको घर नेपाली दुतावास भएको भन्दै कुरा सुरु गरे, ‘हामी सबै परिवारका सदस्य हौं। उहाँहरूको पीडा हामीले सुन्नै पर्छ। उहाँहरूले सहज सेवा पाउनुपर्छ। हामी त्यहीँ विषयमा केन्द्रीत र्छौ।

उनले रोजगारमा आएका नेपालीहरूलाई दुतावाससँग सिधै सम्पर्क राख्न मोबाइल एप्सको निमार्ण कार्य भइरहेको बताए।

उनले निर्माणाधीन एप्समा दुतावासबाट पाउने सेवा सुविधा, कुन कामका लागि के आवश्यक पर्छ? भन्ने जस्ता कागजपत्र समावेश गरिने बताए।
युएईको कानुनअनुसार नेपाली कामदारले यहाँ के गर्न हुने? के गर्न नहुने? जस्ता जानकारी समेत समावेश गरिने जानकारी दिए।

सरकारी तथ्यांकअनुसार युएईमा वैधानिक तवरले २ लाख ४० हजार नेपाली रोजगारीमा कार्यरत छन्। बाँकी सबै अवैधानिक रुपमा काम गरिरहेका छन्।

राजदुत ढकालका अनुसार वैधानिक रुपमा यहाँ आएका नेपालीभन्दा अवैधानिक रुपमा प्रवेश गरेका नेपालीहरूको समस्या अधिक रहेको छ।

प्रकाशित मिति: : 2019-07-11 16:46:41

प्रतिकृया दिनुहोस्