नेपालले युरोपियन मुलुक फिनल्याण्ड र रुससँग हवाई सम्झौताको तयारी थालेको छ। यी दुई देशमा नेपालबाट सिधा हवाई उडान गर्ने गरी सम्झौता गर्न लागेको हो ।
पर्यटन तथा नागरिक उडयन मन्त्रालयका एक अधिकारीका अनुसार सम्झौताको तयारी पुरा भइसकेको बताए ।
युरोपियन युनियन ईयुले नेपाललाई कालोसूचीमा राखिरहेको बेला मन्त्रालयले भने धमाधम युरोपियन मुलुकमा हवाई सम्झौता गरिरहेको हो । ईयुको कालोसूचीकै कारण नेपाल वायुसेवा निगमले चीनमा उडान अनुमति पाउन सकेको छैन भने साउदी अरबले पनि कालोसूचीकै विषयलाई लिएर अड्को थापिरहेको छ ।
फिनल्याण्ड आफैले नेपालसँग हवाई सम्झौताका लागि चासो देखाएको स्रोतले बताएको छ । काठमाडौँ– फिनल्याण्ड करीब साढे १० घण्टाको हवाई यात्रा तय गर्नुपर्ने हुन्छ । फिनल्याण्डका राजदूत स्वयंले फिनिस एयरका प्रतिनिधिलाई नेपाल बोलाएर व्यावसायिक उडानको प्रारम्भिक अध्ययन पनि गराइसकेका छन । भारतसम्म आइरहेको उक्त एयरले नेपालमा सिधा उडान भर्ने योजना बनाएको हो ।
अहिले नेपाल र युरोपलाई जोड्ने एक मात्र टर्किस एयरलाइन्स रहेको छ । युरोपबाट नेपाल आउने पर्यटक तथा नेपालीले टर्की या खाडी मुलुकका विमानस्थलसम्म ‘ट्राञ्जिट फ्लाइट’ गरेर मात्र नेपाल आउनुपर्ने बाध्यता छ । फिनल्याण्डसँग हवाई सेवा सम्झौता भएपछि युरोपबाट ट्रान्जिटबिना नै नेपाल आउन सकिनेछ । फिनिस एयरले अहिले भारतको नयाँ दिल्लीसम्म सिधा उडान गर्छ । नेपालमा पर्यटक तथा युरोप जाने नेपाली विद्यार्थीलाई लक्षित गर्दै उक्त कम्पनी नेपाल आउन चाहिरहेको बताइएको छ ।
यस्तै सरकारले अहिले रुससँग पनि हवाई सम्झौताको तयारी गरिरहेको छ । रुसले नेपाल उडानका लागि चासो देखाएको छ । रुसमा यसअघि पनि सम्झौता भएर उडान भए पनि बीचमा रोकिएको थियो । यस्तै पर्यटकीय सम्भावना बोकेको इण्डोनेसियासँग पनि नेपालले हवाई सम्झौताको प्रयास थालेको छ । प्रारम्भिक छलफल गरिए पनि इण्डोनेसियाली पक्षले थप प्रतिक्रिया दिएको छैन । नेपालले ३९ वटा मुलुकसँग हवाई सम्झौता गरेको भए पनि ८ ओटा देशमा मात्र उडान भर्दै आएको छ । नेपालमा हाल २६ ओटा एयरलाइन्सले उडान गर्दै आएको छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया