माइक्रोसफ्टलाई पछि पार्दै आइफोन निर्माता कम्पनी एप्पल पुनः अमेरिकाको सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल भएको छ ।सबैभन्दा मूल्यवान अमेरिकी कम्पनी बनेको एप्पलको बजार मूल्य १० खर्ब ७ अर्ब डलर पुगेको छ ।
पछिल्लोपटक बजारमा ल्याइएका आइफोन ११ सिरिजका स्मार्टफोनको लोकप्रियता र बढ्दो मागसँगै एप्पल अमेरिकाको सबैभन्दा मूल्यवान कम्पनी बनेको हो। पछिल्लोपटक अमेरिकी र चिनियाँ वार्ताकारहरूबीच भएको वार्ताका क्रममा तनाव घटाउने प्रारम्भिक सहमति भएसँगै एप्पलको सेयर मूल्य बढेको छ ।
सन् २०११ यता एप्पल कम्पनीको सेयर मूल्य ५ गुणाले बढिसकेको छ । सीईओ टिम कुकले पछिल्लो समयमा बजेट स्मार्टफोनको खोजी गर्ने प्रयोगकर्तालाई समेत समेट्ने रणनीति लिएसँगै एप्पलले आइफोन ११ सिरिज बजारमा ल्याएको थियो । आइफोन ११ भारत तथा चीनजस्ता धेरै मोबाइल प्रयोगकर्ता भएका देशहरुमा निकै नै लोकप्रिय बनिरहेको छ ।
आइफोन ११ को अत्यधिक लोकप्रियतासँगै एप्पलले यसको उत्पादनसमेत बढाउने घोषणा गरिसकेको छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया