स्पेनको म्याड्रिडमा नेपाली उत्पादन (भिडियोसहित)

तस्बिरः बिएल

स्पेनको म्याड्रिडमा आयोजित अन्तराष्ट्रिय प्रर्दशनीमा नेपाली उद्योग व्यवसायी पनि सहभागी भएका छन्। शुक्रबार स्पेनको राजधानी म्यार्डिडमा सुरु भएको एक्सपो टुराल २०१९ प्रर्दशनीमा नेपाली उत्पादन सहितका ३५ व्यवसायी सहभागी भएका हुन्।

प्रर्दशनीमा नेपाल र स्पेनका भाषा धर्म, कला संस्कृति तथा उत्पादनहरु झल्किने स्टल राखिएको छ। स्पेनको राजधानी म्याड्रिडस्थित मुख्य प्रदर्शनी भवन फेरिया डि म्याड्रिडमा भएको प्रर्दशनीमा नेपालको छुट्टै पभेलियन राखिएको छ।

प्रदर्शनीस्थल ७ हजार स्वायर मिटर क्षेत्रफलमा फैलिएको छ। प्रर्दशनीमा नेपालको पर्यटकीय क्षेत्र, पर्वतारोहण सम्बन्धी जानकारीको साथै भ्रमण वर्ष २०२० का बारेमा जानकारी दिने छुट्टा छुट्टै स्टल राखिएको छ।

त्यसैगरी हस्तकला, काष्ठनिर्मित सामान, पस्मिना, नेपाली कागजका सामानहरु, चित्रकला, मुर्ति, ढाका, अल्लो, बेतबाट बनेका सामान, बाँसको जराबाट बनेका सामान लगायतका सामाग्री राखिएको छ।

नेपाल अन्तर्राष्ट्रिय प्रदर्शनी संघका महासचिव शान्त कुमार श्रेष्ठले प्रर्दशनीमा सहभागी भएका नेपाली उत्पादनले नेपालको पर्यटन, कला, संस्कृति, परम्परा, कृषि तथा व्यापार व्यवसायलाई अन्तराष्ट्रिय क्षेत्रमा परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह  गरेको बताए।

यो प्रदर्शनीमा साना तथा मझौला ब्यवसायी महासंघ र नेपाल अन्तर्राष्ट्रिय प्रर्दशनी संघले नेपालको तर्फबाट संयोजनकारी भुमिका निर्वाह गरेको छ।

कार्यक्रममा फाउण्डेशन लुम्बिनी ग्राण्डका जोसेफ म्यानुअल भिलानोभाले नेपाल र स्पेनबीचको व्यवसायीक सम्बन्ध विस्तार गर्नुका साथै नेपालको पर्यटन प्रवद्र्धनको साथै शान्ति स्थापनाका लागि फलदायी हुने बताए।

फाउण्डेशनले म्याड्रिडमा बुद्धको ५ हजार स्वायर फिटको मूर्ति बनाउँदैछ। मिनी लुम्बिनीको अवधारणा अनुसार मिनी लुम्बिनीको झण्डै १ हेक्टर क्षेत्रफलमा सो मुर्ति बनाउन लागिएको छ।

नेपालको लुम्बिनी सांस्कृतिक उपमहानगरपालिका र म्याड्रिड महानगर बीच म्याड्रिडमा मिनी लुम्बिनी बनाउने सम्झौता भईसकेको छ।

प्रकाशित मिति: : 2019-09-27 19:45:34

प्रतिकृया दिनुहोस्