दशैंमा स्वदेशी यात्रु लिन निगमका जहाज जापान जाँदै

फाइल तस्बिर

दशैंमा स्वदेश फर्किने नेपालीहरुलाई लक्षित गर्दै नेपाल वायू सेवा निगमले जापानको राजधानी टोकियोस्थित नारिता विमानस्थलमा चार्टर्ड उडान गर्दैछ ।

सुमेघ टूर्स एण्ड ट्राभल प्रालिले नारितामा दुईवटा उडान गर्ने गरी निगमको जहाज चार्टर्ड गरेको हो ।

 निगमका अनुसार पहिलो उडान २६ सेप्टेम्बर (९ असोज, बिहीबार)काठमाडौंबाट हुनेछ । उक्त जहाज २७ सेप्टेम्बर (१० असोज, शुक्रबार) काठमाडौं फर्कने छ । दोस्रो उडान २ अक्टोवर (१५ असोज) मा काठमाडौंबाट उडेर ३ अक्टोवर (१६ असोज) मा काठमाडौं फर्कने तालिका छ । काठमाडौं–नारिता चार्टर्ड उडानको कूल समय १४ घण्टा ३० मिनेट तय गरिएको छ ।

अहिले निगमले जापानको ओशाकामा साताको दुई उडान गरिरहेको छ । जापानमा बस्ने नेपाली र नेपाल आउने पर्यटकलाई लक्षित गरी जापान उडान थालेको भए पनि निगमले उल्लेख्य यात्रु पाउन भने सकेको छैन ।

प्रकाशित मिति: : 2019-09-24 18:23:41

प्रतिकृया दिनुहोस्