पूर्वको सीमातर्फ मध्यरातमा तस्करी मौलाउँदो (भिडियोसहित)

बिएल

मोरङको सीमावर्ती क्षेत्रबाट अबैध रुपमा सामान भित्र्याउन लागिएको दुई मोटसाईकल प्रहरीले बरामद गरेको छ।

भारतबाट अबैध रुपमा भन्सार छलेर नेपाल भित्र्याउने क्रममा रंगेली नगरपालिका ५ स्थित आमगाछी बाट बुधबार राति १२ बजे मोटरसाईकलमा प्रयोग हुने २ सय ४० थान ट्युबसहित सामान बरामत हुन थालेको हो। बिआर ३८–७–६०६२ र बिआर ३८–क्यु–८४६६ नम्बरको मोटरसाईकल चालकले प्रहरी देखेपछि मोटरसाईकल छोडेर भागेका थिए।

त्यसैगरी मोरङको जहदा ४ बस्ने बर्ष ४२ का संन्जीव सिंंह, जहदा ७ बस्ने मिथलेश यादव र गौतम ठाकुरले ल्याउदै गरेको २ वटा एलएडी र ५० केजी सुर्तीसहित पक्राउ गरिएको सामान अन्दाजी ४ लाख रुपैयाँ बराबरको रहेको र विराटनगरस्थित भन्सार कार्यालयमा बुझाइएको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले बताए।

प्रकाशित मिति: : 2019-09-15 18:04:14

प्रतिकृया दिनुहोस्