सोमबार, १५ डिसेम्बर २०२५

कार्यकारी निर्देशक घिसिङको उर्दीः भाडावालसँग बिजुलीको शुल्क बढी नलिनू

News Image
फाइल तस्बिर
• • •

काठमाडौं ।नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भाडावालसँग बिजुलीको व्यापार नगर्न घरबेटीहरुलाई चेतावनी दिएका छन् ।

केही घरबेटीले प्राधिकरणले तोकेकोभन्दा धेरै शुल्क लिएको गुनासो आएको भन्दै उनले कुनै पनि घरबेटीले भाडामा बस्नेसँग प्राधिकरणले तोकेको शुल्कभन्दा धेरै शुल्क नलिन आग्रह गरेका हुन् । उनले घरबेटीहरुले प्राधिकरणलाई जति तिर्छन् उति भाडावालसँग लिनुपर्ने बताउदैँ बढी लिए कारबाही हुने चेतावनी समेत दिए ।


प्राधिकरणले तोकेकोभन्दा धेरै बिजुलीको शुल्क घरबेटीलाई नदिन पनि उनले आग्रह गरे ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!