भारतका महाराष्ट्र र हरियाणा राज्यमा फेरि बिजेपीको सरकार

Agency

भारतको महाराष्ट्र र हरियाणा राज्यको विधानसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी) को सरकार पुनः स्थापित भएको छ। बिहीबार भएको मतगणनामा २ सय ८८ निर्वाचन क्षेत्र रहेको महाराष्ट्रमा बिजेपीको सहयोगी दलले बहुमत प्राप्त गर्यो। बिजेपी र शिवसेनाका संयुक्त मोर्चाले १ सय ६१ मत प्राप्त गरेको थियो।

महाराष्ट्रमा यसअघि पनि बिजेपीको सरकार थियो। यो राज्यमा सरकार बनाउन बिजेपीलाई १ सय ४५ सिट आवश्यक थियो।

महाराष्ट्रको तुलनामा हरियाणामा बिजेपीले केही फितलो प्रदर्शन गरेको छ। ९० सिटको विधानसभामा बिजेपीले ४० मत मात्र प्राप्त गर्यो। उसलाई एक्लै सरकार बनाउन ६ सिट कम भएको छ। प्रतिपक्षी कांग्रेस पार्टीले ३१ सिट प्राप्त गरेर राम्रो प्रदर्शन गरेको छ।

फितलो प्रदर्शनका बाबजुद बिजेपीले अन्य ६ निर्दलीय सांसदको समर्थन प्राप्त गरेर सरकार बनाउने बताएको छ।

प्रधानमन्त्री मोदीले बिहीबार मत परिणाम घोषणा हुनुअघि नै महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडनवीस र हरियाणाका मुख्यमन्त्री मनोहर लाल खट्टरले राम्रो काम गरेको भन्दै दोस्रो कार्यकालमा पनि उनीहरूलाई मौका दिने बताएका छन्।

बिजेपीले सरकार निर्माणका लागि शुक्रबार दुबै राज्यका गर्भनरसँग दावी गर्ने भएको छ।

 

प्रकाशित मिति: : 2019-10-25 09:11:32

प्रतिकृया दिनुहोस्