सोमबार, १५ डिसेम्बर २०२५

बुद्ध एयरले थप एक नयाँ एटिआर–७२ जहाज भित्र्यायो

News Image
तस्बिरः बिएल
• • •

निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले थप एक थान नयाँ एटिआर–७२ जहाज भित्र्याएको छ ।

भारतको चेन्नाईबाट उडेको सो जहाज शनिबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

योसँगै बुद्धसँग १३ जहाज भएका छन्। कम्पनीसँग एटिआर–७२ जहाज ८, एटिआर–४२ जहाज तीन र बीच–१९०० ‘डी’ दुई जहाज भएका छन्।

बुद्धले आगामी अक्टोवरमा थप अर्को एटिआर–७२ जहाज ल्याउने जनाएको छ।

जहाज थपिए पनि हाललाई उडान सङ्ख्या थप्ने योजना नरहेको बुद्धले विज्ञप्तिमार्फत जनाएको छ। नयाँ जहाजले दशैँ अघि नै उडान थाल्ने र नजिकिएका दशैँ, तिहार र छठ पर्वका अवसरमा यात्रुलाई आवतजावत सजिलो हुने कम्पनीले उल्लेख गरेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!