नेपाल गुणस्तर तथा नापतौल विभागले सिमेन्टको गुणस्तर सूचाङ्कमा कुनै हेरफेर नभएको बताएको छ । विभागले बिहीबार एक विज्ञप्ति जारी गरी केही समयअघि जारी गरेको सिमेन्टको नयाँ मापदण्डमा कुनै हेरफेर नभएको बताएको हो ।
छिमेकी राष्ट्र भारतमा समेत सिमेन्टको गुणस्तर आइआरको मान दुई प्रतिशत रहेको अवस्थामा नेपालमा गुणस्तर निर्धारण गर्दा दुई प्रतिशत कायम रहेको थियो । हाल संशोधनपश्चात् भारतीय गुणस्तरमा आइआरको मान पाँच प्रतिशत रहेको र नेपाल गुणस्तर ४९.२०७६ मा पनि ३३ ग्रेडको हकमा चार प्रतिशत र ४३ र ५३ ग्रेडको हकमा तीन प्रतिशत अघुलनशील पदार्थको मान कायम गरिएको विभागका महानिर्देक विश्वबाबु पुडासैनीले जानकारी दिए।
गुणस्तरको सूचाङ्कमा हेरफेर गरी मिसावट गर्न छुट दिएको जस्तो गरी भ्रम सिर्जना गर्न खोजिएको विषयमा कुनै सत्यता नरहेको विभागको भनाइ छ । “ओपिसी सिमेन्टमा क्लिंकर एवं जिप्सन बाहेकका कुनै पनि गैर कच्चा पदार्थ विगतमा पनि प्रयोग गर्ने छुट छैन र हाल पनि छैन”, महानिर्देशक पुडासैनीले भने।
यसअघि नेपाल गुणस्तर ४९ मा म्याग्नेसियमको मान पाँच प्रतिशत रहेकोमा ३३ ग्रेडको हकमा ६ प्रतिशत र ४३ तथा ५३ ग्रेडको हकमा ५ प्रतिशत नै कायम गरिएको छ । भारतीय सिमेन्टको गुणस्तरमा म्याग्नेसियमको मान ३३, ४३ र ५३ ग्रेड सबैको हकमा ६ प्रतिशत नै कायम गरिएको विभागले जनाएको छ ।
सिमेन्ट मापदण्ड संशोधनपछि विगतमा ३३ ग्रेडको मात्र गुणस्तर रहेकोमा हाल ४३ र ५३ ग्रेड जस्तो उच्च गुणस्तरसमेत मापदण्डमा समावेश भएकोले सिमेन्टको गुणस्तरमा अझ वृद्धि हुने विभागको भनाइ छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया