आगामी ८ वर्षभित्र चीनलाई उछिनेर भारत विश्वको सबैभन्दा ठूलो जनसंख्या भएको देश बन्दैछ। यसको प्रक्षेपण संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक मामिला हेर्ने विभाग (युएन–डिइएसए) ले गरेको छ।
राष्ट्र संघले सोमबार सार्वजनिक गरेको रिपोर्टमा भारतले सन् २०२७ सम्म चीनलाई उछिन्ने बताएको छ।
हाल चीनको जनसंख्या १ अर्ब ४२ करोड छ। यस्तै भारतको जनसंख्या करिब १ अर्ब ३६ करोड छ।
रिपोर्टअनुसार सन् २०५० सम्ममा भारतको जनसंख्या १ अर्ब ६४ करोड पुग्ने अनुमान गरिएको छ।
२१ औं सताब्दीको अन्त्यसम्ममा विश्वको जनसंख्या ११ अर्ब नाघ्ने अनुमान पनि लगाइएको छ। राष्ट्र संघको अध्ययन अनुसार आगामी ३० वर्षमा विश्वको जनसंख्या २ अर्ब बढेर ९ अर्ब ७० करोड पुग्ने सम्भावना छ। हाल विश्वको जनसंख्या ७ अर्ब ७० करोड छ।
संयुक्त राष्ट्र संघको विभागीय निर्देशक जोन विल्मोथले सोमबार पत्रकार सम्मेलनमा भने, ‘अहिलेको अध्ययनले विश्वको जनसंख्या द्रुतगतिमा बढीरहेको देखाएको छ। पछिल्लो ६९ वर्षमा तीन गुणाले जनसंख्या बढेको छ।’
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया