कांग्रेस केन्द्रीय समितिको बैठक १४ गते सम्मका लागि स्थगित

फाइल तस्बिर

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक कार्तिक १४ गतेसम्म्का लागि स्थगित भएको छ । पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष बैठकमा उपस्थित नभएपछि बैठक स्थगित भएको हो ।

नेता पौडेल पक्षका नेताहरु कोठे बैठकमै व्यस्त भएकोले केन्द्रीय समिति बैठक प्रभावित भएको हो ।

पार्टी विधान अनुसार विभाग बनाउनुपर्ने पौडेल पक्षको अडानका कारण बैठक प्रभावित भएको केन्द्रीय सदस्य प्रदिप पौडेलले जानकारी दिए । देउवा पक्षले सुशील कोइराला नेतृत्वको कार्यसमितिले बनाएका २८ वटा विभाग बनाउने तयारी गरेको छ ।

प्रकाशित मिति: : 2019-10-24 17:58:50

प्रतिकृया दिनुहोस्