साउदीमा राजनीतिक संकट, एक वर्षमा तीन पल्ट क्याबिनेट परिवर्तन

Agency

मध्यपूर्वमा बढ्दो भूराजनीतिक संकटका कारण साउदी अरबले एक वर्षभित्रै तीन पल्ट क्याबिनेट परिवर्तन गरिसकेको छ। यसै क्रममा बुधबार राजकुमार फैसल बिन फरहान बिन अब्दुल्लाह अल–सउदलाई नयाँ विदेश मन्त्रीको रुपमा नियुक्त गरिएको साउदी अरब सरकारले जानकारी दियो।

यस्तै, सालेह बिन नसिर अली अल–जासेरलाई यातायात मन्त्री नियुक्त गरिएको छ। नवनियुक्त अल–सउद यसअघि जर्मनीमा साउदी अरबको राजदुत थिए। यस्तै, अल–जासेर एयरलाइन्सको प्रमुख कार्यकारीमा नियुक्त थिए।

अल–सउदले यसअघि वाशिंङटन दुतावासमा राजनीतिक सल्लाहकारको रुपमा पनि काम गरिसकेका छन्। पछिल्लो समय मानवअधिकारको विषयलाई लिएर पश्चिमा राष्ट्रले साउदी अरबको चर्को आलोचना गरिरहेका छन्।

प्रकाशित मिति: : 2019-10-24 17:55:58

प्रतिकृया दिनुहोस्