बाला साहेब ठाकरेका नाति आदित्यले महाराष्ट्रमा चुनाव जिते

Agency

भारत महाराष्ट्रको शक्तिशाली ठाकरे परिवारको कान्छो विरासतले पहिलो पल्ट निर्वाचन जितेको छ। राजनीतिमा नजाने शिवसेनाका संस्थापक अध्यक्ष बाला साहेब ठाकरेको निर्णय विपरित पहिलो पल्ट निर्वाचनमा उठेका आदित्य ठाकरेले विधानसभा निर्वाचन जितेका छन्।

आदित्य बाला साहेबका नाति हुन् भने उनले विधानसभा निर्वाचनमा एनसिपीका उम्मेदवार डाक्टर सुरेश माणेलाई बिहीबार ६७ हजारभन्दा बढी मतले पराजित गरेका हुन्।

हाल शिवसेनाको अध्यक्ष रहेका उद्दव ठाकरेका छोरा आदित्यले ८९ लाख २ सय ४८ मत प्राप्त गरे। उनका प्रतिद्धन्द्धी माणेले २१ हजार ८ सय २१ मत प्राप्त गरे। महाराष्ट्रको विधानसभा निर्वाचनको मतगणना बिहीबार सम्पन्न हुँदैछ।

मतको परिणाम हेर्दा यसपालि पनि भारतीय जनता पार्टी र शिवसेनाले मिलेर सरकार बनाउने सम्भावना लगभग निश्चित छ।

प्रकाशित मिति: : 2019-10-24 17:33:55

प्रतिकृया दिनुहोस्