केएल टावरमा ‘बिग सेल कार्भिनल’ सुरु, ५० प्रतिशतसम्म छुट

तस्बिरः बिएल

राजधानीको चाबहिल चुच्चेपाटीस्थित के.एल टावरमा ‘बिग सेल कार्भिनल ’ मेला सुरु भएको छ। यस योजनामा ग्राहकले प्रत्येक दिन हात खाली नजाने उपहार पाउने छन्। मेलामा ५० प्रतिशतसम्म छुट अफर रहेको आयोजकले जनाएको छ।

मेलामा केएल टावरमा संचालनमा रहेका पाँच दर्जन बढी पसलहरुको सहभागिता रहनेछ।

मेलामा लत्ताकपडा, जूत्ताचप्पल, घडी, चश्मा, मोबाईल फोन, बालबालिकाको लागि लत्ताकपडा तथा खेलौना लगायत तीन हजार भन्दा बढी मोडलका सामान प्रदर्शनीमा राखिएका छन्।

शुक्रबारबाट सुरु भएको मेला झण्डै एक महिनासम्म चल्नेछ। मेला अवधिभर १ हजार रुपैयाँ वा सोभन्दा माथिको सामान खरिदमा लक्की ड्र कुपनमार्फत ग्राहकले हरेक दिन विभिन्न आकर्षक उपहार जित्न सक्नेछन्।

ती उपहारमा १ हजार रुपैयाँ बराबरको फ्रि सपिङ भौचर, मुभि टिकट लगायत छन्।

खरिदकर्ताले हरेक साता ५ हजार रुपैयाँ बराबरको सपिङ भौचर, फ्रि लन्च कुपन र बम्पर उपहारमा लक्की ड्रमार्फत एक जनाले ४० हजार रुपैयाँ बराबरको स्मार्ट फोन जित्नेछन्।

चाबहिलस्थित केएल टावरमा ४० वटा भन्दा बढी पसल, भीआईपी लाउञ्ज, कफि बार, तीनवटा सिनेमा हल, पार्टी प्यालेस, बालबालिका र युवाकालागि छुट्टाछुट्टै गेमजोन, मोबाईल हब लगायत रहेका छन्। मेला अवधिभर केएल टावरमा आउने ग्राहकको लागि मनोरञ्जनात्मकम कार्यक्रम पनि राखिएको छ।

 

प्रकाशित मिति: : 2019-08-09 16:55:21

प्रतिकृया दिनुहोस्