कार्यकर्ता आक्रमणप्रति नेकपाको आपत्ति

सांकेतिक तस्बिर

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जाजरकोटको बारेकोट गाउँपालिकामा आयोजित आफ्नो पार्टीको कार्यक्रममा बुधबार नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले आक्रमण गरेको भन्दै आपत्ति जनाएको छ ।

बुधबार बिहान नेकपाका केन्द्रीय सदस्य निरज आचार्य, कर्णाली प्रदेश कमिटी सदस्य डम्बरबहादुर सिंह र अनेरास्ववियुका जिल्ला सदस्य विशाल बस्नेतलगायतलाई बारेकोटको लैखमभीरमा आक्रमण गरी सख्त घाइते बनाएको नेकपाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

नेकपाका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, “त्यस प्रकारको बर्बर आक्रमणको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ । घाइतेको शीघ्र स्वास्थलाभको कामना गर्दछ, आक्रमणकारीलाई कडा कानूनी कारवाही गर्न सम्बद्ध निकायको ध्यानकार्षण गराउँदछ ।”

प्रकाशित मिति: : 2019-10-23 18:01:08

प्रतिकृया दिनुहोस्