नेपालमा आगामी वर्षदेखि ई-पासपोर्ट (विद्युतीय राहदानी) प्रयोगमा ल्याइने भएको छ। सरकारका अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०६६/७७ को बजेट सार्वजनिक गर्दै यस्तो जनाकारी दिएका हुन्।
अहिले नेपालमा मिटर रिडेबल पेपर पासपोर्ट प्रचलनमा छ। यसलाई आगामी वर्षदेखि इलेक्ट्रोनिक पासपोर्टले प्रतिस्थापन गरिने लागिएको हो ।
दुईतिहाई बहुमतको सरकारले ल्याएको योजना लागू नहोला भन्न सकिन्न।यदि यो लागु भयो भने अब नेपालीले मिटर रिडेबल पेपर पासपोर्ट बोक्ने युग सकिने भएको छ।
विश्वका धेरै विकसित राष्ट्रहरूले ई-पासपोर्ट प्रचलनमा ल्याइसेका छन्।
के हो ई-पासपोर्ट ?
ई-पासपोर्टमा एउटा इलेक्ट्रोनिक चिप्स हुन्छ। यही चिप्समा पासपोर्टवाहकका सबै व्यक्तिगत विवरणहरू राखिएका हुन्छन्। पासपोर्टबाहकको नाम, जन्ममितिलगायतका व्यक्तिगत विवरणहरू यही चिप्समा हुन्छन्। कुनै ई-पासपोर्टमा हातको औंठाछाप पनि राखिएको हुन्छ।