सोमबार, १५ डिसेम्बर २०२५

रणवीर र आलियाको विवाह कश्मीरमा

News Image
तस्बिर:एजेन्सी
• • •

रणवीर कपुर र आलिया भट्ट अहिले प्रेममा छन्। दुवैका अभिभावक पनि उनीहरूको विवाहका लागि सहमत भइसकेका छन्। उनीहरू दुवैको छिट्टै विवाह भएको हेर्न चाहन्छन्। ऋषि कपुरले त बारम्बार अप्रत्यक्ष रूपमा उनीहरूलाई विवाह गर्न आग्रह नै गरिरहेका छन्।

आलियाका पिता महेश भट्ट पनि उनीहरूको विवाहका लागि सहमत भइसकेका छन्।

आलिया र रणवीरका नजिकका साथीभाइका अनुसार उनीहरू पनि अब विवाहका लागि तयार भएका छन्। उनीहरू २०२० मा विवाह गर्दै छन्।

स्रोतका अनुसार आलियाले विवाहको योजना पनि बनाइसकेकी छन्। उनीहरूले भारतमै विवाह गर्ने छन्। आलिया कश्मीरमा विवाह गर्न चाहन्छिन्। आलियाको यो फैसलामा रणवीर पनि राजी भएका छन्। विवाहका लागी उनीहरूले एक महिनाको समय निकाल्ने भएका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!