भारतका चर्चित संगीत निर्देशक तथा गायक अनु मलिकलाई फेरि यौन उत्पीडनको आरोप लागेको छ। गायिका नेहा भसिनले अनुमाथि यौन उत्पीडनको आरोप लगाएकी हुन्। अनु भारतको लियालिटी सो इन्डियन आइडल सिजन ११ का जज हुन्। उनीसँगै विशाल ददलानी र नेहा कक्कड पनि सोमा जज छन्।
नेहाले अनुमाथि लगाएको आरोपलाई सोसल मिडिया साइटमा सोना महापात्राले ट्वीट समेत गरेकी छिन्। उनले भनेकी छिन्–'म धेरै अगाडिदेखि प्रतिभाशाली नेहा भसिनलाई चिन्ने गर्छु। मलाई थाहा छ उनी बहादुरीपूर्वक लड्न सक्छिन्।'
सोनाको ट्वीटमा सहमति जनाउँदै नेहाले लेखेकी छिन्– 'म तपाईको कुरामा सहमत छु। हामी एउ६ा लिगभेद भएको समाजमा बाँचिरहेका छौं। अनु मलिक भक्षक हुन्। म २१ वर्षको हुँदा उनको खराब व्यवहारका कारण उनी बसेको ठाउँबाट भाग्ने गर्थे। उनी मेरो अगाडी एउटा सोफामा पल्टेर एउटा स्टुडियोमा मेरो आँखाको बारेमा कुरा गरिरहेका थिए। यसपछि म झुटो बोलेर त्यहाँबाट भागे।'
नेहाले लेखेकी छिन्– 'तल आमा कुरिरहनु भएको छ भनेर म भागे। यसपछि उनले मलाई म्यासेज पठाए। फोन पनि गरे। जसको मैले कुनै प्रतिक्रिया दिइन। एक पल्ट म सीडी दिन जाँदा उनले मसँग खराब व्यवहार गरे। उनी विकृत मानसिकता भएका व्यक्ति हुन्।'
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया