सोमबार, १५ डिसेम्बर २०२५

साउथ फिल्मका नायक ससिकुमारले गरे आत्महत्या

News Image
तस्बिरः एजेन्सी
• • •

साउथ फिल्म इन्डष्ट्रिका नायक ससिकुमारले आत्महत्या गरेका छन् ।

ससिकुमारको शव गत बिहिबार जोलारपेट्टाई रेलवे स्टेशन नजिकैको एउटा रुखमा झुण्डिएको अवस्थामा भेटिएको थियो । अहिले घटनाको अनुसन्धान चलिरहेको छ । मिडिया रिपोर्टलाई मान्ने हो भने वालासारावक्कममा बस्ने ससिकुमारले आफ्नी श्रीमतीलाई आफू बेंगलुरु ट्रिपमा जान लागेको बताएका थिए ।

टाइम्स अफ इन्डियाको रिपोर्टका अनुसार ससिकुमारको शव मानिसहरुले देखपछि पुलिसलाई जानकारी दिइएको थियो । पुलिसको प्रारम्भिक रिपोर्टमा बताइए अनुसार नायक पैसाका कारण डिप्रेशनमा थिए ।

नायक र उनकी श्रीमती राघवका एक छोरा छन् । ससिकुमारकी श्रीमती पनि टिभीको चर्चित नाम हो र राजनीकान्तको फिल्म राजा चिन्ना रोजामा पनि देखिइसकेकी छिन् ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!