गायक तथा संगीतकार भिम चापागाईंको नयाँ गीत “चट्ट बसम” सार्वजनिक भएको छ । नेपाली गजल र सुगम संगीतमा लामो समय बिताएका भिम चापागाईंले गायिका मेलिना राईसँगको युगल गायनमा डान्सिङ बिटको “चट्ट बसम” बोलको गीत भिडियो सहित सार्वजनिक गरेका हुन् ।
हाल अमेरिकाको टेक्ससमा रहँदै आएका गायक तथा संगीतकार चापागाईंं केहि बर्षको अन्तरालपछि यस गीत मार्फत पुनः सांगीतिक क्षेत्रमा फर्केका छन् । शास्त्रिय संगीतको पृष्ठभूमी बोकेका उनको यस गीतको रेकर्ड अमेरिकामा नै गरिउको हो ।
दिपक शर्माको शब्द संगीत तथा नरेन्द्र बियोगीको संगीत संयोजन रहेको यस गीतको भिडियोमा नेपाली चलचित्र क्षेत्रका सर्वाधिक सफल जोडी महानायक राजेश हमाल र नायिका करिष्मा मानन्धरको अभिनय रहेको छ ।
देवेन्द्र पाण्डेको निर्देशन र कोरियोग्राफी रहेको यस गीतलाई उत्सव दाहालले छायांकन गरेका हुन् भने सम्पादन अच्युत बजगाईंको रहेको छ ।राजेश हमाल र करिष्मा मानन्धर अभिनित एक समयको सफल चलचित्र साथीको चर्चित गीत “मलाई पनि अंग्रेजीमा बोल्न सिकाईदेउन”को स्मरण गर्दै कथात्मक शैलीमा सुरु गरिएको यस गीतमा राजेश र करिष्माको नृत्य मौलिक पहिरन सहित देख्न सकिने छ ।
“चट्ट बसम” गीतका गायक भिम चापागाईंले यस गीतमा मौलिक शब्द संगीत सहित भिडियोमा समेत नेपाली मौलिकतालाई प्रस्तुत गरिएकाले दर्शक स्रोताले गीत मन पराउनेमा आफु आशावादी रहेको बताए । उनले अग्रज तथा नयाँ स्रोता दर्शकलाई गीतका बारेमा आफ्ना धारणा राखिदिन पनि अनुरोध गरेका छन् ।
भिडियो
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया