तेलुगू फिल्मका चर्चित कमेडियन वेणु माधवको निधन भएको छ । लिभर र किड्नी सम्बन्धी रोगबाट ग्रसित उनले हैदरवादको सिकन्दराबादमा रहेको अस्पतालमा निधन भएको परिवार स्रोतले बताएको छ ।
३९ बर्षका माधवक स्वस्थ्यमा धेरै समस्या देखिएपछि उनलाई मंगलबार अस्पताल भर्ना गरिएको भारतीय मिडियाले जनाएका छन् ।
माधवले एक क्यारिकेचर कलाकारको रुपमा आफ्नो करियर सुरु गरेका थिए । त्यसपछि उनले कमेडियनको रुपमा फिल्ममा काम गर्न थाले ।उनले १९९६मा फिल्म संम्प्रदायमबाट फिल्मी करियर सुरु गरेका थिए ।
उनले तमिल र तेलुगूका करिब २०० बढी फिल्म अभिनय गरेका छन् । पछिल्लो समय उनले फिल्म ‘डा.परमानन्देन स्टुडेन्टस्’मा अभिनय गरेका छन् । यो फिल्म रिलिज हुन बाँकी छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया