सुशान्त र श्रद्धाको ‘छिछोरे’ को सानदार कमाई, सय करोड छुन लाग्यो

तस्बिरः एजेन्सी

अभिनेता सुशान्त सिंह राजपूत र अभिनेत्री श्रद्धा कपूर स्टारर चलचित्र ‘छिछोरे’ ले बक्सअफिसमा सानदार व्यापार गरिरहेको छ । चलचित्रले प्रदर्शनको चार दिनमा निकै लोभलाग्दो कमाई गरेको छ । दर्शक र समीक्षकबाट मिलेको प्रशंसाको फाइदा राम्रै उठाइरहेको यो चलचित्रको व्यापार पहिलो दिनमा ७ करोड थियो । तर, दर्शकको बलियो वर्ड अफ माउथका कारण चलचित्रले दोश्रो साताको मंगलबारसम्म आइपुग्दा नै सय करोड कमाएको छ ।

दोश्रो साताको शुक्रबार ५.३४ करोड, शनिबार ९.४२ करोड, आइतबार १०.४७ करोड, सोमबार ४।०२ करोड र मंगलबार ४.११ करोडको व्यापार गर्दै यो चलचित्रले सय करोडको आँकडा छोएको छ । दोश्रो साताको मंगलबारसम्म आइपुग्दा चलचित्रले १०२ करोड कमाएको छ ।

चलचित्रमा सुशान्त सिंह राजपतु र श्रद्धा कपुरको मुख्य भूमिका छ । ‘साहो र छिछोरे’ले सय करोड क्लबलाई पार गरेसँगै नायिका श्रद्धा कपुरको करिअरमा समेत नयाँ गती आएको छ ।

 

प्रकाशित मिति: : 2019-09-18 13:21:12

प्रतिकृया दिनुहोस्