सोमबार, १५ डिसेम्बर २०२५

बलिउड गायक टोनी कक्कर नेपाल आउने

News Image
तस्बिरः एजेन्सी
• • •

बलिउड गायक टोनी कक्कर नेपाल आउने भएका छन् ।सी एन आई इभेन्ट्सको आयोजनामा हुन लागेको कार्यक्रममा भाग लिनको लागि उनि नेपाल आउने भएका हुन् । आयोजका अनुसार टोनी असोज २ गते नेपाल आउने छन् ।

टोनीले ठमेलको ‘क्लब फहरेन्टहाइट’मा आफ्नो प्रस्तुति दिनेछन् । उनले, एक भिडियो सन्देश सार्वजनिक गर्दै ‘भिजिट नेपाल २०२०’को अवसरमा हुन लागेको कार्यक्रममा सहभागी हुन आफ्ना शुभचिन्तकहरुलाई आग्रह गरेका छन् । कार्यक्रम बेलुकी ८ बजेबाट सुरु भई बिहान ४ बजेसम्म चल्ने बताइएको छ ।

टोनीको ‘कोका कोला तु, धिमे धिमे, मिले तो हम, ओ हमसफर’ लगायतका गीत चर्चित रहेको छ ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!