प्याब्सन लोक नृत्यको उपाधि सिद्धार्थ र बालप्रतिभालाई

बिएल

प्याब्सन जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिताको उपाधि मोरङको सुन्दरहरैचा नगरपालिकास्थित दुई वटा स्कुलले जितेको छ। आधारभूततर्फ सुन्दरहरैचामा रहेको बालप्रतिभा र मावितर्फ सिद्धार्थ बोर्डिङ स्कुलले लोकनृत्य प्रतियोगिताको उपाधि जितेको हो।

विराटनगरमा शनिबार राती सम्पन्न प्रतियोगितामा सिद्धार्थले जिल्लाभरीको ३० वटा र बालप्रतिभाले २८ वटा विद्यालयलाई पछि पार्दै उपाधि जितेको हो। प्याब्सन मोरङले आयोजना गरेको आधारभूतर्फको लोक नृत्य प्रतियोगिताको द्धितीय बेलबारीस्थित आदर्श सेकेण्डरी बोर्डिङ स्कुल र तृतीय पनि बेलबारीकै शिक्षा सन्देश स्कुल भएको छ। सान्तवना पुरस्कार दुई वटा विद्यालयलाई दिइएको प्याब्सन मोरङका सचिब प्रेमलालसिंह सुवालले जानकारी दिए। उनका अनुसार सान्तवना पुरस्कार पाउने सुन्दरहरैचा नगरपालिकास्थित ज्ञानज्योती बोर्डिङ स्कुल र मिक्लाजुङ्ग गाउँपालिकाको मधुमल्लास्थित रिलायन्स सेकेण्डरी बोर्डिङ स्कुल भयो।

यस्तै मावितर्फको द्धितीय सुन्दरहरैचा नपाको पूर्वाञ्चल सेकेण्डरी बोर्डिङ स्कूल र तृतीय बेलबारीको आर्दश सेकेण्डरी बोर्डिङ स्कूल भयो । आर्दश स्कूल आधरभूतर्फ पनि द्धितीय हुन सफल भएको छ । मावितर्फको सान्तवना पुरस्कार रङ्गेलीस्थित मिनिल्याण्ड सेकेण्डरी बोर्डिङ स्कूलल र सुन्दरहरैचास्थित मोडल स्कूल भयो ।

सोही दिन सम्पन्न भएको प्याब्सन एकल गायनतर्फको प्रथम विराटनगरस्थित मोर्डन एरा स्कूलकी विद्या गिरी भइन् । उनले ९ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै प्याब्सन एकल गायनको उपाधि जितेकी हुन् । उक्त प्रतियोगिताको द्धितीय मिनील्याण्ड बोर्डिगं स्कूलका विवेक साह भए भने तृतीय सिद्धार्थ स्कूल सुन्दरहैचाका रितेस तिम्सिना घोषित भए । एकल गायनतर्फको सान्तवना पुरस्कार विराटनगरस्थित एभरेष्ट स्कूलकी सिरिष्मा काफ्ले र लब्ली एन्जल स्कूलका राजकुमार विक भए । शुक्रबार सम्पन्न भएको प्याब्सन हिज्जे प्रतियोगिताको प्रथम विराटनगरस्थित मदरल्याण्ड एकाडेमी स्कूल भएको थियो ।

प्रतियोगिताको प्रथम, द्धितीय र तृतीय हुनेहरुले क्रमशः १५, १० र ५ हजार रुपैयाँ र आकषर्ण ट्रफि तथा प्रमाणपत्र प्राप्त गरेका थिए ।

प्रतियोगिताको गायनतर्फको निर्णायकहरुमा अशोक राई र लोचन राई रहेका थिए । त्यस्तै नृत्यतर्फ प्रेम श्रेष्ठ र चुडामणी फूयल रहेका थिए । विजेता हुने विद्यार्थीहरूलाई कार्यक्रमको प्रमुख अतिथि प्रदेश १ का प्रदेश प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङ्ग, प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेत, विराटनगर अध्यक्ष इन्द्र राईलगायले ट्रफि तथा प्रमाणपत्र वितरण गरेको थियो ।

प्रकाशित मिति: : 2019-09-15 17:28:25

प्रतिकृया दिनुहोस्