सोमबार, १५ डिसेम्बर २०२५

परमिता तेलुगु स्टार गोपीचन्दसँग काम गर्दै

News Image
तस्बिरः एजेन्सी
• • •

नेपाली चलचित्रकी नायिका परमिता आर एल राणाले तेलुगु चलचित्रमा काम गर्ने भएकी छिन् । उनले तेलुगु चलचित्रका सुपरस्टार नायक गोपीचन्दसँग स्क्रिन शेयर गर्न लागेकी हुन् ।


आफ्नो सामाजिक संजालबाट तेलुगु चलचित्रमा काम गर्न पाउँदा आफू उत्साहित भएको भन्दै उनले अडिसनबाट आफू छनोट भएको पनि बताएकी छिन् । एसभीसीसी फिल्मको ब्यानरमा बन्न लागेको यो चलचित्रको छायांकन आउँदो बर्षको जुनबाट सुरु हुनेछ ।


उनले लेखेकी छिन्–‘मलाई थाहा छैन कि म के लेखुँ । किनकी, म साच्चै नै बोल्न नसक्ने भएकी छु ।’ परमिताले चलचित्र ‘चंगाचेट’मा काम गरेपछि कुनै पनि चलचित्रमा काम गरेकी छैनन् ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!