अभिनेत्री करिश्मालाई पनि रवि लामिछानेको रन्कोले कहिल्यै छोडेन । अमेरिकाको बाल्टिमोरमा एउटै सब वे साहुको चेनमा काम गरेको बेला उनीहरूको 'मित्रता'का बारेमा चर्चा चल्यो । त्यसलाई करिश्माले 'उहाँ मेरो असल मित्र मात्र हो ' भनेर सफाइ दिनु पर्यो । त्यतिबेलाकी रविकी श्रीमती इशाले भनेको भनेर अरू पनि कुरा बाहिरिएको थियो ।
अहिले रवि पूर्वसहकर्मी शालिकराम पुडासैनीको सुसाइड नोटका कारण प्रहरी हिरासतमा छन् । उनीमाथि अनुसन्धान गर्न अदालतले पाँचदिनको म्याद दिएको छ । तर, उनका समर्थकहरू रविलाई फसाउन लागेको भनेर सडकमा उत्रिएका छन् ।
यही बेला करिश्माले एउटा स्टाटस लेखेकी छिन् -
राज्यले गर्नुपर्ने कामकाज निजितवर बाट हुनु खतरनाक हुन्छ !नत्र किन चाहियो Parliament , Constitution , राज्य समयन्त्र ?
येत्रो तिरो तिरी रहेको छौ ।
तपाईंहरुले नैतिकता न गुमाएको भये यो समस्या आउने थिएन ।
अब गंगामा हात धुनेले आँट गरे ।
पहिल्यै भनेको थिए येस्तो स्वतन्त्रताले अराजकता निम्त्याउँछ ।
सानो देशको व्यवस्था र संबंधित निकायलाई नियन्त्रणमा राख्न नसक्ने कस्तो सरकार ?
अब भोग्नुस !
भेडाहरु को कोलाहाल !
सत्य तितो हुन्छ |

उनको यो स्टाटस फेरि विवादमा तानिएको छ । यसमाथि यो समाचार तयार पारूञ्जेलसम्म एकहजार टिप्पणी भएका छन् भने ५८ पटक सेयर गरिएको छ ।
टिप्पणी गर्नेहरूले उनको यो स्टाटसको अनेक अर्थ निकालेका छन् । कसैल यसलाई रविको समर्थनका रूपमा बुझेका छन् भने कसैले विरोधको अर्थमा । जसले जे अर्थमा बुझे त्यही आधारमा कसैले गाली गरेका छन् भने कसैले ताली ठोकेका छन् ।
उनले केही प्रतिक्रियाको जवाफ पनि दिएकी छिन् । तर, त्यसले पनि उनको स्टाटसले रविको समर्थन गरेको हो कि विरोध गरेको भनेर छुट्याउन सहयोग पुर्याउँदैन ।
एकजना भाषा र सन्दर्भविज्ञले भने यसमा उनले घुमाउरो पाराले यथास्थितिको विरोध गर्दै रविको समर्थन नै गरेको निस्कर्ष सुनाए । 'अब गंगामा हात धुनेले आँट गरे ' भनेर उनले रविलाई नै समर्थन गरेको उनको तर्क छ ।
उनको स्टाटसले रविको समर्थन गरेको हो कि विरोध- त्यो त समयले बताउला । अहिले भने करिश्मा फेरि एकपटक रवि प्रकरणमा जोडिएर विवादमा तानिएकी छिन् ।
तर, करिश्मालाई जनिकबाट चिन्नेहरू उनी आफ्नो मनकी रानी हुन् । आफूलाई लागेको सत्यसँग हिड्न उनी जस्तोसुकै जोखिम पनि मोल्न तयार हुन्छिन् ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया