आमिरको भान्जा इमरानको वैवाहिक सम्बन्ध खराब रहेको पुष्टी

Agency

बलिउड अभिनेता आमिर खानका भान्जा इमरानको वैवाहिक सम्बन्ध खराब रहेको खबर हालै आएर पुष्टी भएको छ।

इमरान केही वर्षदेखि अभिनयलाई विश्राम दिएर फिल्म निर्देशनतर्फ लागेका छन्।

९ वर्षअघि अवन्तिका मलिकसँग उनको विवाह भएको थियो। इमरानसँग झगडा भएपछि विगत २ महिनादेखि अवन्तिका घर बाहिर बस्दै आइरहेकी छिन्।
इमरानले श्रीमतिलाई फकाउँन केही दिनअगाडि माफी माग्दै पत्र लेखेको रहस्य खुलेको छ।

अवन्तिकाको जन्मदिनमा एउटा गुलाफको फुलसँगै इमरानले ‘आइएम सरी’ लेखेको पत्र अवन्तिकालाई पठाएका थिए।

जुन ग्रिटिङ अंग्रेजी वेभसाइट ‘स्पटब्वाय’ ले प्रकासित गरेको छ। अवन्तिका २४ मेमा घर छोडेर आफ्नो छोरी इमारासँग बाहिर बस्दै आइरहेकी छिन्।

इमरान हाल मुम्बईको पालीहिलमा बसोबास गर्छन्। इमरानसँग झगडा भएपछि अवन्तिका आफ्नो बुवाको घर बस्न गएकी थिइन। यो जोडीबीच के कुरालाई लिएर झगडा भएको हो? त्यो अहिलेसम्म सार्वजनिक भएको छैन।

इमरानले २०११ मा अवन्तिकासँग विवाह गरेका थिए। उनीहरूबाट २०१४ मा छोरीको जन्म भएको थियो। विवाह पहिले उनीहरू लामो समय ‘डेटिङ’ मा थिए।

इमरानले २००८ मा ‘जाने तु या जाने ना’ बाट बलिउडमा डेब्यु गरेका थिए। यसअघि उनले आमिर खान अभिनित फिल्म ‘कयामत से कयामत तक’ मा बाल कलाकारको रुपमा काम गरेका थिए।

अहिले उनी एकता कपुरको ‘मार्स अर्बिट मिशन’ को निर्देशन गर्दैछन्। जसमा भारतको मंगलग्रहको मिशनलाई प्रष्ट्याउन खोजिएको छ।

 

 

प्रकाशित मिति: : 2019-07-20 09:44:58

प्रतिकृया दिनुहोस्