अर्जुन रामपाललाई दक्षिण अफ्रिकी प्रेमिकाबाट सन्तान प्राप्त

Agency

बलिउड स्टार अर्जुन रामपाल तेस्रो सन्तानको बुवा बनेका छन्। उनको प्रेमिका ग्याब्रियलाले मुम्बईको हिन्दुजा अस्पतालमा बुधबार छोरालाई जन्म दिइन।

भारतीय अखबारहरूले ग्याब्रियलाले सिजिरिनमार्फत छोरालाई जन्म दिएको बताएका छन्।

ग्याब्रियला दक्षिण अफ्रिकी निवासी हुन्। उनलाई अस्पतालमा हेर्न परिवार अफ्रिकाबाट आएका थिए। जेपी दत्ताकी छोरी निधीले अर्जुन रामपाल बुवा बनेको खबर आफ्नो ट्वीटर अकाउन्टबाट दिएकी थिइन।

अर्जुनले गत अप्रिलमै आफू बुवा बन्न लागेको जानकारी दिएका थिए। ग्याब्रियला दक्षिण अफ्रिकाकी चर्चित मोडल हुन्। उनी विश्वको उत्तेजित महिलाको सूचीमा समावेश भइसकेकी छिन्।

अर्जुनले पहिलो श्रीमति मेहर जेसिकासँग गत वर्ष पारपाचुके गरेका थिए। मेहर र अर्जुनको सम्बन्ध २० वर्ष लामो थियो। मेहरबाट उनको २ छोरी छन्।

मेहरसँग पारपाचुके भएपछि अर्जुन ग्याब्रियलासँग देखा परेका थिए। उनीहरूले हालसम्म विवाहको खुलासा गरेका छैनन्।

 

प्रकाशित मिति: : 2019-07-18 15:04:42

प्रतिकृया दिनुहोस्