कालीलाई फेरि 'चोरी'को बात !

एकपछि अर्को 'बात' लाग्नु संयोग मात्र कसरी होला र काली ? तस्विर : सामाजिक सञ्जाल

चर्चाप्रिय संगीतकर्मी कालीप्रसाद बास्कोटालाई फेरि एकपटक चोरीको बात लागेको छ । यसअघि विदेशी संगीतबाट ‘इन्स्टाको फोटो’ चोरी गरेको आरोप लागेका उनलाई यसपटक स्वदेशी संगीतबाटै चोरी गरेको बात लागेको हो ।

उनलाई चोरीको बात लागेको गीत हो- ‘समाचार’ । उनकै शब्द संगीतमा तयार भएको यस गीतमा उनलाई संगीत चोरीको बात लागेको छ । 

बात लगाउने संगीतकार हुन्- बिक्की महत । उनले १० महिनाअघि फेसबुकमा सार्वजनिक गरेको ‘बुझाई देउ न’ बोलको गीतको संगीत चारेर समाचारमा राखेको आरोप लगाएका छन् ।

यस आरोपको कालीले ठाडै अस्वीकार गरेका छन् । उनले यस बारेमा आफूसँग कोही कुरा गर्न नै नआएको बताए ।

उता बिक्कीले भने महानरीय प्रहरी परिसर, टेकुमा कालीले चोरी गरेको भनेर उजुरी दिएको बताएका छन् ।

कालीका लागि चोरीको बात सामान्य भएको छ । उनी काग गराउँदै गर्छ पिना सुक्दै गर्छ भनेझै बात लाग्ने काम गर्दै अघि बढिरहेका छन् ।

यसपटक भने प्रहरीकैमा उजुरी परिसकेकाले केही चेत्छन् कि ? त्यो त समयले नै बताउला । 

प्रकाशित मिति: : 2019-07-18 10:08:24

प्रतिकृया दिनुहोस्