झगडा मिल्यो छबी र शिल्पाको, दुबै आ–आफ्नो बाटो लागे

बिएल

चर्चित फिल्म निर्देशक छबी ओझा र नायिका शिल्पा पोखरेलबीच सम्झौता भएको छ। नायिका शिल्पाले काठमाडौं महानगरीय प्रहरी परिसर, टेकुमा बुधबार आफ्नो श्रीमान छबीविरूद्ध घरेलु हिंसाको आरोप लगाउँदै उजुरी दायर गरेकी थिइन।

विहिबार छबी प्रहरी परिसर पुगेका थिए। उनले अब उपरान्त श्रीमतिलाई कुटपीट नगर्ने सम्झौता गरेपछि शिल्पाले मिलापत्र गरेकी थिइन।

‘मैले जे भोगँ। त्यो मसंग छ। म जस्तै घरेलु हिंसामा लागेको महिलाहरू पनि दबिएर नबस्नुस,’ नायिका शिल्पाले मिलापत्र भएपछि भनिन्, ‘उहाँले ‘सरी’ भन्नु भएको छ।’

छबीले आफ्नो पक्षबाट ज्यादती नभएको दावी गरे। उनले श्रीमान–श्रीमतिबीच सामान्य विवाद हुनुलाई अन्यथा मान्नु नहुने बताए। उनले श्रीमति घर फर्किएको खण्डमा आफूले स्वागत गर्ने बताए।

मिलापत्रपछि दुवै आ–आफ्नो बाटो लागेका थिए। महानगरीय काठमाडौं परिसर काठमाडौंका प्रवक्ता डिएसपी होमेन्द्र बोगटीले ब्रेक एन लिंक्ससँग भने, ‘हिजो उजुरी परेको थियो। आज दुवै पक्षलाई बोलाएका थियौं। मिलापत्रमा अब उपरान्त झगडा नगर्ने सहमति भएको छ।’

छबीले नेपालकी चर्चित नायिका रेखा थापासँग पारपाचुके गरेपछि २०७३ मा शिल्पासँग बिहे गरेका थिए।

प्रकाशित मिति: : 2019-07-11 18:34:09

प्रतिकृया दिनुहोस्