श्रीमान् छबिबाट असुरक्षित भन्दै शिल्पाद्वारा प्रहरीमा उजुरी

तस्बिरः एजेन्सी

काठमाडौं ।  नायिका ‌शिल्पा पोखरेलले आफ्नै श्रीमान छबी ओझाबाट आफू असुरक्षित भएको भन्दै प्रहरीमा उजूरि दिएकी छन्।

पछिल्लो समय चलचित्र निर्माता छबी ओझा र नायिका शिल्पाबीच सम्बन्धमा खटपट भएको थियो।

पोखरेलले श्रीमानबाट आफू असुरक्षित भएकाले सुरक्षा गरि पाउँ भन्दै जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

उनले दिएको उजूरिबारे बुझ्ने क्रम चलिरहेको र दुवै पक्षलाई छलफलका लागि बोलाइएको बोगटीले जानकारी दिए।

नायिका पोखरेल छवि ओझाको चौथो श्रीमती हुन्। शिल्पा र छविराजले २०७३ सालको दशैंमा गोप्य रुपमा बिहे गरेका थिए।

लामो समय उनीहरुले आफ्नो विवाहबारे लुकाए पनि गत वर्ष निर्माता ओझाले आफूहरूले विवाह गरिसकेको जानकारी गराएका थिए।

म्यूजिक भिडियोमा काम गरिरहेकी शिल्पालाई छविले चलचित्र ‘लज्जा’ मार्फत्  फिल्मी क्षेत्रमा डेब्यू गराएका थिए। त्यसयता शिल्पाले छविराजकै ‘हवलदार सुन्तली’, ‘मंगलम’ जस्ता चलचित्रमा काम गरिसकेकी छिन् ।

शिल्पासँग बिबाह गर्नुअघि छविले रेखा थापासँग बिवाह गरेका थिए।

प्रकाशित मिति: : 2019-07-10 12:13:25

प्रतिकृया दिनुहोस्