जायराले आफ्नो अन्तिम फिल्मको प्रमोशन नगर्ने

तस्बिरः एजेन्सी

फिल्मबाट एक्कासी सन्यास लिएकी ‘दंगल गर्ल’ सायरा वासिमले आफ्नो अघिल्लो फिल्म ‘द स्काई इज पिंक’ को प्रमोशन नगर्ने भएकी छिन्। उनले फिल्म निर्माता तथा निर्देशकलाई यसको जानकारी गराइसकेको मुम्बईबाट प्रकाशित हुने ‘मिड डे’ पत्रिकाले बताएको छ। जायराले आफ्नो भागको सुटिङ समाप्त गरिसकेकी छिन्।

फिल्म निर्माताहरूले पनि जायरालाई दबाव दिएका छैनन्।

फिल्मको प्रमोशन प्रियंका चोपडा र फरहान अख्तर जस्ता स्टार कलाकारले गर्न लागेका छन्।

‘द स्काई इज पिंक’ मोटिवेशनल स्पीकर आयशा चौधरीको जीवनमा आधारित बायोपिक हो। यसको निर्देशन सोनाली बोसले गरेकी छिन्। फिल्ममा प्रियंका र फरहानको पनि अभिनय छ। फिल्म ११ अक्टुबरमा रिलिज हुँदैछ।

जायराले गत अाइतबार एक्कासी फिल्मबाट सन्यास  लिएकी  थिइन। 

प्रकाशित मिति: : 2019-07-02 17:15:52

प्रतिकृया दिनुहोस्