राहत फतेह अलीलाई अक्सफोर्डको ‘डाक्टर’ उपाधि

Agency

चर्चित कवाली गायक राहत फतेह अली खानलाई बेलायतको अक्सफोर्ड विश्वविद्यालयले ‘डाक्टर’ को उपाधिबाट सम्मान गरेको छ।

बुधबार दिउँसो अक्सफोर्डमा आयोजित कार्यक्रममा उनलाई यो उपाधिबाट सम्मान गरिएको हो। अक्सफोर्डबाट सम्मान पाएपछि उनले भने, ‘शिक्षाका लागि विश्वमै प्रसिद्धि कमाएको विश्व विद्यालयबाट सम्मान पाउनु आफैमा गर्वको कुरा हो। यो म, मेरो परिवार र समर्थकका लागि जीवनको विशेष दिन हो।’

राहत अर्का चर्चित कब्बाली गायक नुसरत फतेह अली खानका भतिजा हुन्। पछिल्लो समय राहतले थुप्रै ठूलो कार्यक्रममा पाकिस्तानी सुफी र कब्बाली प्रदर्शन गरिसकेका छन्। उनले बेलायती महारानी एलिजाबेथ द्धितीयको बकिङ्घम प्यालेसमा पनि आफ्नो कलाको प्रदर्शन गरिसकेका छन्।

नोबल शान्ति पुरस्कार समारोहमा पनि उनले गीत गाएका थिए। राहतले हलिउड र बलिउड दुवै क्षेत्रमा एक सयभन्दा बढी गीत गाएका छन्।

प्रकाशित मिति: : 2019-06-27 15:35:38

प्रतिकृया दिनुहोस्