'च्याँतिएको गलबन्दी' जोडियो’ : राईलाई नाम, सपुतलाई दाम

‘गलबन्दी च्याँतियो’ को संगीतकार शम्भु राई र पुन: संगीतकार प्रकाश सपुत । तस्बिरः बीएल

पछिल्लो समय निकै चर्चामा आएको ‘गलबन्दी च्याँतियो’ गीतको विवाद अन्ततः सम्झौतामा पुगेर टुँगिएको छ।
प्रकाश सपुतले गाएको यो गीतको लय मिलेको दाबी गर्दै अग्रज गायक शम्भु राईले ‘कपीराइट’ को मुद्धा असार ५ मा प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा दर्ता गराएका थिए।
राईले हालेको मुद्धामा बुधबार दुवै पक्षबीच सहमति भएअनुसार अब गीतको संगीतकारमा शम्भु राईको नाम पनि हुनेछ। गीतको प्रतिलिपी अधिकार भने सपुतसँगै रहनेछ।

राईको देउसीभैलो गीत ‘आउ नाचौं साथी हो’ सँग लय मिलेको भन्दै उजुरी परेको थियो। यसमा सपुतले संयोगवश लय मिल्न गएको भन्दै गल्ती स्विकार गरेका थिए।
सहमतिसँगै राईले उजुरी फिर्ता लिएका छन्। ‘गीतमा शम्भु राईको नाम थप गर्ने सहमति भएको छ,’ सम्झौतापछि गायक सपुतले भने।
राईले ‘कपीराइट’ को विषयमा उजुरी दर्ता गरेपछि उनका समर्थकले सपुतलाई लिएर सोशल मिडियामा भत्ता टिप्पणी गरेका थिए। सपुतको जातलाई लिएर भएको टिकाटिप्पणीको विरोधमा नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले संसद भवनभित्र आवाज पनि उठाएका थिए।

 

प्रकाशित मिति: : 2019-06-26 17:58:28

प्रतिकृया दिनुहोस्