रेखा थापाको प्रश्न- यो कस्तो गणतन्त्र हो ?

‘राज्य आतंकको वर्तमान रुप आफ्नै आँखाले देखियो आज।... यो कस्तो गणतन्त्र हो?’ : रेखा थापा । तस्बिर : फाइल तस्बिर ।

अभिनेत्री रेखा थापाले चलचित्र मालिकाका निर्माता नरबहादुर कार्कीलाई पक्राउ गरिएकोमा आक्रोश व्यक्त गरेकी छिन्।

उनले फेसबुकमा एक स्टाटस लेख्दै पक्राउलाई राज्य आतंकको संज्ञा दिएकी छिन् । उनको स्टाटसमा लेखिएको छ- ‘राज्य आतंकको वर्तमान रुप आफ्नै आँखाले देखियो आज। सामाजिक अभियन्ता अन्तर्राष्ट्रिय मोटिभेटर नरबहादुर कार्कीलाई एक अपराधी जसरी प्रहरीले पक्राउ गरेको छ। कुनै व्यक्ति कुनै पार्टीका नेताको समर्थक हुन नपाइने यो कस्तो गणतन्त्र हो?’

रेखा थापाले निर्देशन र अभिनय गरेको चलचित्र मालिकाका निर्माता कार्कीलाई बालुवाटारस्थित एक रेस्टुरेन्टबाट असार ९ गते प्रहरीले पक्राउ गरेको थियो। विप्लव नेतृत्वले आह्वान गरेको असार १० गतेको नेपाल बन्दको पूर्वसन्ध्यामा उनी पक्राउ परेका थिए। उनी 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अन्तर्राष्ट्रिय विभागका सदस्य तथा प्रस्तावित केन्द्रीय सदस्य हुन् ।

 

 

प्रकाशित मिति: : 2019-06-26 10:07:19

प्रतिकृया दिनुहोस्