बियोन्सेको नक्कल नगर्न टेलर स्विफ्टलाई सुझाव

तस्बिरः एजेन्सी

गायिका टेलर स्विफ्टको नयाँ भिडियो ‘यु निड टु कामडाउन’ हालै सार्वजनिक भएको छ। तर, यो भिडियोलाई लिएर बियोन्सेका समर्थकहरूले टेलरको मजाक उडाएका छन्।

उनीहरूले बियोन्सेको ८ वर्ष पुरानो ‘पार्टी’ गीतसँग टेलरको नयाँ भिडियो मिल्न गएको भन्दै आफ्नो स्टारको नक्कल नगर्न सुझाव दिएका छन्।

गे कल्चरलाई सहयोग पुर्याउने उद्देश्यले टेलरले भिडियो सार्वजनिक गरेकी हुन्। गे अधिकारका लागि सरकारलाई दबाब दिन र आफ्ना समर्थकहरूलाई एलजीबिटिक्युको अधिकारमा समर्थन जनाउन उनले आग्रह गर्दैआइरहेकी छिन्।

यही विषयमा बियोन्सेले सन् २०११ मा पार्टी गीत सार्वजनिक गरेकी थिइन। सोशल मिडिया प्रयोगकर्ताहरूले टेलरको गीतको म्युजिक पनि बियोन्सेसँग मिल्ने दावी गरेका छन्।

प्रकाशित मिति: : 2019-06-18 14:23:43

प्रतिकृया दिनुहोस्