हिन्दी फिल्ममा रोहित सेट्टीको सबैभन्दा बढी गाडी तोड्ने कीर्तिमान भंग

तस्वीरः एजेन्सी

रोहित शेट्टी हिन्दी फिल्ममा गाडी उडाउने एक्सन सिक्वेलका लाई चर्चित छन्। उनले निर्देशन गरेको फिल्ममा एक दर्जन गाडी ब्लाष्टबाट उडाउने कीर्तिमान छ।

उनको यो कीर्तिमानलाई फिल्म ‘साहो’ का निर्देशक सुजिथ सिंहले भंग गरेका छन्। सुजिथले आफ्नो अघिल्लो फिल्ममा तीन दर्जन गाडी ब्लाष्ट गरेका छन्।

सुजिथको निर्देशनमा बन्न लागेको फिल्म ‘साहो’ को द्धन्द्ध निर्देशनमा एवेन्जर्स र ट्रान्सफमर्स जस्तो फिल्ममा ‘एक्सन डिजाइन’ गरेको टिम समावेश छ।

‘साहो’ शब्द संस्कृत भाषाबाट लिइएको हो। बलिउडमा पहिलो पल्ट संस्कृत टाइटलबाट फिल्म बन्न लागेको हो। फिल्ममा दक्षिण भारतका चर्चित कलाकार प्रभास र श्रद्धा कपुरले अभिनय गर्दैछन्।

प्रकाशित मिति: : 2019-06-17 12:37:03

प्रतिकृया दिनुहोस्