‘क्वीज मेनिया’ सिजन–७ मा ६० देशका विद्यार्थीले भाग लिने

बिएल

नेपालको लोकप्रिय कार्यक्रम ‘क्वीज मेनिया’ सिजन–७ मा गैरआवासीय नेपालीहरूको संस्था एनआरएनले साथ दिने भएको छ। एनआरएनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा हेमन्त कुमार डवाडीले एक्रेटिभ मिडियाका प्रमुख कार्यकारी अधिकृत हरि पोखरेलसँग यसै साता सम्झौता पत्रमा हस्ताक्षर हरे। 

‘क्वीज मेनिया’ सिजन–७ मा ६० देशमा बसोबास गरिरहेका विद्यार्थीलाई सहभागिता गराउने विषयमा यी दुई संस्थाबीच सम्झौता भएको थियो। एक्रेटिभ मिडियाले ‘क्वीज मेनिया’ को आयोजना गर्दै आइरहेको छ। पहिले यो नेपालमा बसोबास गर्ने नेपाली माझ मात्र सिमित थियो। तर, यसलाई विश्वब्यापी बनाउन एनआरएनसँग सम्झौता गरेको एक्रेटिभका प्रमुख कार्यकारी पोखरेलले ब्रेक एन लिंक्सलाई जानकारी दिए।

‘क्वीज मेनिया एकदमै लोकप्रिय कार्यक्रम हो। यसको दायरालाई अझ फराकिलो बनाउन हामीले एनआरएनसँग सम्झौता गरेका हौं। यसले विश्वभरी छरिएर रहेका नेपाली विद्याथीको बौद्धिकतालाई प्रष्फुटित गर्न सहयोग पुग्ने छ,’ ‘क्वीज मेनिया’ सिजन–७ को निर्देशक पनि रहेका पोखरेलले भने।

यसपालिको प्रतिस्पर्धामा विश्वभरि छरिएका उच्च माध्यमिकस्तरका विद्यार्थीको सहभागिता रहनेछ।

एनआरएनका तर्फबाट सम्झौता पत्रमा हस्ताक्षर गरेका प्रमुख कार्यकारी डवाडीले भने, ‘यसले विद्यार्थीमा रहेको अन्तर निहित प्रतिभा प्रष्फुटन गर्न सहयोग पुग्ने छ। साथै आपसी भाईचारा, देशको संस्कृति बुझने मौका र शिक्षाको आदान प्रदान पनि हुनेछ।’

सिजन–७ को प्रस्तोता नेपाली चलचित्रका महानायक राजेश हमाल नै हुनेछन्।

 

प्रकाशित मिति: : 2019-05-29 06:44:30

प्रतिकृया दिनुहोस्