उमा सुवेदीद्वारा लिखित नवीनतम कथा सङ्ग्रह ‘सयौँ पुतली’ माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। पुछारसिटे अभियानले शनिबार एक कार्यक्रमबिच पुस्तकको परिचर्चा गरेको हो ।
पुस्तकमाथि आफ्नो समीक्षकीय मन्तव्य प्रस्तुत गर्दै अल्पज्ञानीले कथा सङ्ग्रहभित्र समावेश गरिएका कथाहरूले नारी संवेदना र समाज मनोविज्ञानलाई मिहिन तरिकाले सरल भाषामा प्रस्तुत गरेको उल्लेख गरे।
नारीहरूको यौन मनोविज्ञानलाई सङ्ग्रहभित्रका कथाले नयाँ आयाममा उद्घाटन गरेको बताउँदै उनले सबै वर्गका लागि सुबोध्य कथा लेखन प्रशंसनीय रहेको समेत जनाए।
सो क्रममा प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्दै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले नारी लेखकहरूले पछिल्लो समयमा पुरुष लेखकसरह हस्तक्षेपकारी उपस्थिति देखाएको बताए।
नारी लेखकले समाजका विविध पक्षमाथि कलम चलाउँदा समाजका विविध पाटाको गहन पक्षलाई उजागर गरेको र नारीहरूले लेख्दैमा नारीवादी मात्र सोच्नु साँघुरो सोच भएको समेत टिप्पणी गरे।
नारी लेखकहरूले निरन्तर साहित्यका विविध विधामा दह्रो उपस्थिति जनाउनु साहित्यको विकासका लागि सुखद् रहेको जनाए ।
स्रष्टा उमा सुवेदीले लेखकीय मन्तव्य व्यक्त गर्दै कथा सङ्ग्रहभित्र समाजका विविध विषयलाई उठाएको बताउँदै पाठकमार्फत कथाभित्रका कमीकमजोरीको अपेक्षा गरेको बताइन्।
कथा लेखनका आन्तरिक आयाम र घटनाक्रमका बारेमा जानकारी दिइन् ।

कार्यक्रममा मन्तव्य राख्दै आव्हान समूहकी सदस्य एवम् साहित्यकार कुमारी लामाले उमा सुवेदीको लेखनले नेपाली साहित्यमा विशेष योगदान दिएको उल्लेख गर्दै एउटै विषयमा भन्दा विविध विषयमा बुनिएका कथाहरू निकै ओजिलो बनेर सङ्ग्रहमा समाविष्ट हुनु गर्वको कुरा रहेको बताइन् ।
कार्यक्रममा स्रष्टाको परिचय प्रस्तुत गर्दै साहित्यकार दीपक समीपले उमाको साहित्य लेखनका विविध आयाम र वैयक्तिक जीवनका विविध पाटाबारे जानकारी दिए।
अभियानका संयोजक सञ्जीव पौडेलले नारी संवेदनाका गहन विषय समेटेर कथा लेखन यस रूपमा आउनु साहित्यको आकाशमा नवीन प्राप्ति भएको बताउँदै पुछारसिटे अभियानले फरक विचार र आयामका गतिविधिलाई विशेष महत्वका साथ उठाउँदै आएकोसमेत जानकारी दिए।
सो क्रममा उपस्थित दर्शक एवम् पाठक र लेखकका बिच अन्तक्र्रिया समेत गरिएको थियो । अभियानका अभियन्ता मोहन भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रमको सञ्चालन वसन्त विनोदले गरेका थिए ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया