पूर्वमिस नेपाल अश्मिद्वारा भारतीय प्रेमी सार्वजनिक : नेपाली युवा रूष्ट

नेपालकी एक पूर्व  मिस नेपालले आफ्नो प्रेमी भारतीय भएको सगर्व घोषणा गरेर उनका नेपाली फ्यानका चित्त दुखाई दिएकी छिन् ।

सन् २०१६ कि मिस नेपाल अश्मि श्रेष्ठले आफू भारतीय कभर गायक सनम पुरीसँग प्रेम सम्बन्धमा रहेको खुलासा गरेकी थिइन्।

उनले इस्टाग्राममा गायक सनमसँगको सेल्फी सार्वजनिक गर्दै आफू प्रेममा रहेको बताइन्। यसको थप पुष्टि गर्दै उनका भारतीय प्रेमी सनमले पनि इस्ट्राग्राममा सोही तस्बिर सार्वजनिक गरे।

अश्मि २५ वर्ष पुगिन् भने सनम २६ वर्षका भए। यी दुवैले कहिलेदेखि आफूहरु प्रेममा रहेको भन्नेबारे भने खुलाएका छैनन्।

२५ वर्षीय पूर्व मिस नेपाल अश्मीले इस्टाग्राममा तस्बिरसहित लेखेकी छन्, ‘यो मीठो सुरुवात मात्र होइन, यसपछिका थप मीठा पलहरुका लागि पनि।’

उनको यो घोषणाबाट रूष्ट एक सामाजिक सञ्जालकर्मीले लेखेका छन्- तिमीलाई मिस नेपाल बनाएको भारतीय प्रेमी खोजी दिनलाई थियो ? अर्का एकले लेखेका छन्- अश्मी, तिमी भारतीयकी बेहुली बन्दै रहिछौ। अब तिम्रो लागि हामीले के मा गर्व गर्नु र ?

अर्का एकले लेखेका छन्- भनौली यो मेरो व्यक्तिगत प्रश्न हो। तर, तिमी त्यसो भन्न पाउँदिनौ किनभने तिम्रो मिस नेपाल टाइटलसँग मेरो देश नेपालको नाम पनि जोडिएको छ। 

अश्मि मोडलिङ र इभेन्टहरुमा ब्यस्त छिन् भने उनका भारतीय प्रेमी सनम पुराना गीतको कभर भर्सन गाएर चर्चामा आएका हुन्। 

प्रकाशित मिति: : 2019-05-23 21:57:20

प्रतिकृया दिनुहोस्