अष्ट्रेलियामा नयाँ चलचित्र नीति: नेपाली चलचित्रको कमाइमा 'ब्रेक'

नयाँ नीतिको पहिलो शिकार दाल, भात तरकारी, बीर बिक्रम-२ र जात्रैजात्रा

नेपाली चलचित्रले अष्ट्रेलियाबाट मात्रै २० लाख जति पैसा कमाउँदै आएकोमा अब त्यो कमाइमा पनि ब्रेक लाग्ने भएको छ।अस्ट्रेलियाको कला तथा सञ्चार मन्त्रालयले चलचित्र महोत्सव तथा प्रदर्शनीमा नयाँ नीति अख्तियार गरेपछि त्यसको प्रभाव नेपाली चलचित्रलाई पनि पर्ने भएको हो।

नयाँ नीतिअनुसार अब चलचित्र प्रदर्शन गर्न कुन राज्यको कुन सहरमा कति शो देखाउने हो?, त्यसको पूर्ण विवरण लिखितरूपमै सरकारलाई पेश गर्नुपर्ने भएको छ। एउटा राज्यको स्थानीय हलमा शो बुक गरेर चार शोभन्दा बढी देखाउन पाइने छैन।यदि त्यस्तो गर्नुु परेमा प्रदर्शन गर्नु २० दिनअगाडि निवदेन दिएरफिल्म जाँचपास गर्नुपर्नेछ।जसका लागि  निवेदन शुल्क मात्रै झण्डै दुई लाख लाग्ने छ भने अन्य विविध खर्च पनि त्यसमा जोड्नुपर्ने हुन्छ। 

यसअघि नेपालीले स्थानीय हलमा शो बुक गरेर आफूले चाहेजति शो देखाउँदै आएका थिए। तर, नयाँ ब्यवस्थाअनुसार अब त्यसो गर्न पाइने छैन। 

यसको पहिलो मार अष्ट्रेलियामा प्रदर्शनको तयारी गरिसकिएका तीन चलचित्र दालभात तरकारी, बीर बिक्रम-२ र जात्रैजात्रालाई परेको छ।यी चलचित्रलाई निक्कै महंगो पैसा तिरेर अष्ट्रेलियामा प्रदर्शनको अधिकार लिइएको थियो। 

प्रदर्शनका लागि कुनै अनुमति नै नलिइ एउटै राज्यमा दर्जनौं पटक चलचित्र देखाइएपछि अस्ट्रेलियाली कला र सञ्चार मन्त्रालयले यस्तो नीति अख्तियार गरेको बताइएको छ। 

 

प्रकाशित मिति: : 2019-04-25 02:47:17

प्रतिकृया दिनुहोस्