नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटनमा 'बुलबुल' देखाइने

तस्वीर सौजन्य: बुलबुल

आगामी जुन २८ देखि ३० तारिखसम्म अमेरिकाको मेरिल्यान्डमा नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तेस्रो संस्करण आयोजना हुदैछ।नेपाल अमेरिका फिल्म सोसाइटी आयोजक रहेको महोत्सवको तयारी कार्यतालिकाअनुसार नै भैरेहको आयोजकले बताएका छन्।

यसअघि महोत्सवका दुई संस्करण सफलतापूर्वक आयोजना गरिसकेको सोसाइटी यसपटक पनि त्यही रीत दोहोर्याउने योजनाका साथ तयारी गरिरहेको छ। महोत्सवका फेस्टिवल डाइरेक्टर पुर्णसिंह बराइली हुन्। उनका अनुसार महोत्सवको उद्घाटन चलचित्रका रूपमा नेपाली चलचित्र बुलबुल प्रदर्शन गरिने भएको छ।

चलचित्र बुलबुललाई नेपाली चलचित्रको मुलधारमा चलिरहेका चालू चलचित्र सूत्रभन्दा हटेर बनाइएको चलचित्रका रूपमा लिइन्छ। चलचित्रले समीक्षा मात्र राम्रो पाएको छैन, कमाई पनि राम्रै गरिरहेको छ। 

बुलबुल विनोद पौडेलको डेब्यु निर्देशन हो। यसअघि उनले चलचित्र साँघुरो लेखेका थिए । चलचित्र पढेका बिनोद नेपालको एक मात्र चलचित्र कलेज ओस्कारका प्रिन्सिपल पनि हुन्।

सोसल ड्रामा जनरामा बनेको दुई घण्टा लामो चलचित्र एक टेम्पो ड्राइभर युवतीको केन्द्रीय भूमिकामा आधारित छ। मस्त जवान टेम्पो ड्राइभर युवतीको कान्भासमा बनेको चलचित्रमा अनेकौ रङहरू र कुचीहरू पोतिएका छन्। सानै उमेरमा विवाह गरेर वैदेशिक रोजगारीमा जाँदा यता बैसालु हदै गएकी युवतीमाथि यतिबेला नेपालमा के गुज्रिरहेको छ- चलचित्र बुलबुलले नेपाली शिल्प र शैलीमा त्यही कथा भन्छ।चलचित्रको केन्द्रीय पात्र रणकलाको भूमिकामा स्वस्तिमा खड्का रहेकी छिन्। 


प्रकाशित मिति: : 2019-03-14 03:00:05

प्रतिकृया दिनुहोस्