सोमबार, १५ डिसेम्बर २०२५

असगर अफगान अफगानिस्तान क्रिकेट टोलीको कप्तानमा पुनः नियुक्त

News Image
तस्बिर:एजेन्सी
• • •

असगर अफगान अफगानिस्तान क्रिकेट टोलीको कप्तानमा पुनः नियुक्त भएका छन्। यसअघि हटाइएका अफगानलाई क्रिकेट बोर्डले दोस्रो पटक सबै फर्म्याटको कप्तानमा नियुक्त गरेको हो।

उनलाई हटाएर गएको वर्ष रहमत साह, गुलबदीन नैब र राशिद खानलाई क्रमशः टेस्ट, एकदिवसीय र टी–२० को कप्तान नियुक्त गरिएको थियो।

अहिले कप्तानमा पुनः नियुक्त भएका असगरलाई त्यतिबेला हटाउँदा मोहम्मद नाबी, राशिद खान लगायतले क्रिकेट बोर्डको आलोचना गरेका थिए।

उनीहरुले त्यतिबेला अफगानकै कप्तानीमा विश्वकप खेल्नुपर्ने धारणा राखे पनि त्यतिबेला पूरा भएको थिएन।

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!