सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले उपनिर्वाचनका लागि सम्भावित उम्मेदवारहरुको नाम आगामी कात्तिक १० गतेभित्र सिफारिस गर्न मातहतका पार्टी कमिटीलाई निर्देशन दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको नेकपा सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनका लागि निर्वाचन क्षेत्रको कमिटी र जिल्ला कमिटीलाई तीन(तीन जनाको नाम कात्तिक १० गतेभित्र केन्द्रमा सिफारिस गर्न भनेको हो। सो सिफारिसको आधारमा अन्तिम निर्णय केन्द्रले गर्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
निर्वाचन क्षेत्रीय कमिटी नबनेको स्थानमा जिल्ला कमिटी र प्रदेश कमिटीलाई नाम सिफारिस गर्न निर्देश गरिएको छ भने प्रदेश कमिटीको हकमा पनि त्यही कुरा लागू हुने प्रवक्ता श्रेष्ठले बताए। यस्तै नगरपालिका र गाउँपालिकाका मेयर, उपमेयर वा अध्यक्ष, उपाध्यक्षको हकमा सम्बन्धित गाउँ वा नगरकमिटी वा जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले उम्मेदवारको निर्णय गर्ने छ। वडाको हकमा भने सम्बन्धित वडा कमिटीको सिफारिसमा जिल्ला कमिटीले उम्मेदवारको निर्णय गर्ने प्रवक्ता श्रेष्ठले बताए। बैठकले पार्टीको संगठन विभागमा अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई चयन गरेको श्रेष्ठले जानकारी दिए।
यसअघि उक्त विभागमा सचिवालय सदस्य बामदेव गौतम र जनार्दन शर्मालाई चयन गरिएको थियो। विभागमा तीन जना थपिएपनि विभाग अझै पूर्ण भएको छैन्। बैठकमा मन्त्रीमण्डल हेरफेरका बारेमा भने कुनै छलफल नै नभएको प्रवक्ता श्रेष्ठले बताए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया