रुसलाई आगामी चार वर्षका लागि सबैजसो ठूला खेलकुद प्रतियोगिताहरू खेल्नबाट प्रतिबन्ध लागेको छ। सन् २०१४ को हिउँदे ओलिम्पिकमा राम्रो प्रदर्शन गर्न ठूलो स्तरमा प्रतिबन्धित औषधि प्रयोग गरेको आरोपमा रुसलाई प्रतिबन्ध लगाइएको हो।
वर्ल्ड एन्टी–डोपिङ एजेन्सी, वाडा, को यो प्रतिबन्धपछि रुसले सन् २०२० को टोक्यो ओलिम्पिक्स र सन् २०२२ को फुटबल विश्वकपमा भाग लिन पाउने छैन।
तर खेलाडीहरूले आफूले प्रतिबन्धित पदार्थ प्रयोग नगरेको प्रमाणित गरेमा ओलिम्पिकको जस्तै तटस्थ झन्डा लिएर खेल्न पाउँछन्। वाडाले स्वीट्जरल्यान्डमा भएको कार्यसमितिको बैठकमा सो निर्णय गरेको हो।
सन् २०१९ को ज्यानुअरीमा रुसको एन्टी–डोपिङ एजेन्सीले वाडालाई प्रदान गरेको तथ्याङ्क गलत भएको प्रमाणित भएपछि त्यस्तो प्रतिबन्ध लागेको हो।वाडालाई उक्त संस्थामाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न सन् २०१८ मा ती तथ्याङ्कहरूलाई शर्तस्वरूप मागिएको थियो।
वाडाले रुसलाई त्यस्तो निर्णयमा पुनरावेदन गर्न २१ दिनको म्याद दिएको छ।
सन् २०१८ को हिउँदे ओलिम्पिकमा १६८ जना रुसी खेलाडीहरूले ओलिम्पिकको झन्डा लिएर खेलेका थिए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया