सोमबार, १५ डिसेम्बर २०२५

लिभरपुलको अपराजित यात्रा कायमै,लेस्टर सिटीसँगको अंक दूरी ११

News Image
तस्बिर:एजेन्सी
• • •

लिभरपुलले इंग्लिस प्रिमियर लिगमा अपराजित यात्रा कायमै राखेको छ।

लिभरपुलले गएराति बर्नमाउथलाई ३–० ले हराउँदै उपाधि यात्रा अझै सहज बनाएको हो।

बर्नमाउथको मैदानमा लिभरपुललाई जित दिलाउन एलेक्स ओक्लेड–चेम्बरलेन, नाबी केइता र मोहम्मद सालहले गोल गरे।

खेलको ३५ औं मिनेटमा चेम्बरलेनले पहिलो अग्रता दिलाएका थिए। यस्तै ४४ औं मिनेटमा केइताले अग्रता दोब्बर बनाए। पहिलो हाफ २–१ गोलले अगाडि रहेको लिभरपुलले दोस्रो हाफमा थप एक गोल गर्यो।

५४ औं मिनेटमा सलाहाले गोल गर्दै लिभरपुललाई जित दिलाए।

जितसँगै शीर्ष स्थानको लिभरपुलले दोस्रो स्थानको लेस्टर सिटीसँगको अंक दूरी ११ बनाएको छ। लिभरपुलको १६ खेलबाट ४६ अंक भएको छ भने १५ खेलबाट ३५ अंक जोडेको लेस्टर सिटी दोस्रो स्थानमा छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!